काठमाडौ । गृह मन्त्रालयले आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशन सच्चाएको छ ।
अनलाइन, छापा माध्यम, न्यूज पोर्टल तथा फेसबुक लगायत सामाजिक सञ्जालबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार भए प्रचलित कानुनबमोजिम कारबाही गरी विवरण सार्वजनिक गर्न दिएको निर्देशन गृह मन्त्रालयले दिएको थियो । यसको चौथर्पी आलोचना भएपछि केही समयमै गृहले विज्ञप्ति निकालेर सच्याएको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति सदैव सचेत रहेको भन्दै मन्त्रालयले चैत ६ गते ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको परिपत्रको मस्यौदाको बुँदा नम्बर १ को १.३ र बुँदा नम्बर २ को २.१ लाई नसमेटेर परिपत्र गरिएको बताएका छन् ।
पहिले जारी गरेको पत्र
