नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशामा लैजानका लागि नयाँ कम्युनिष्ट घोषणापत्र आवश्यक परेको बताउनुभएको छ ।

prachand-1oनेपाली राजनीति र वाम आन्दोलनमा विचलन आएकाले नयाँ कम्युनिष्ट घोषणापत्र आवश्यक रहेको प्रचण्डको भनाई छ । माओवादी निकट विद्यार्थी संगठनहरुको राष्ट्रिय एकता भेलालाई आज सम्बोधन गर्दै प्रचण्डले अहिलेको राजनीतिक परिस्थिति, राजनीतिक घटनाक्रम र हरेक समुदायका हक अधिकार सुनिश्चित गर्नका लागि कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले सन्चालन गर्न नयाँ घोषणापत्र आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रचण्ड, बादल, मातृका यादव, मणि थापा लगायत माओवादीका विद्यार्थी संगठनहरुको एकता घोषणा गरिएको छ । यसअघि ति माओवादी पार्टीहरुको एकता भए पनि विद्यार्थी संगठनहरुको एकता भएको थिएन । एकता भेलाले नरेन्द्र न्यौपानेको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ ।