काठमाडौं । लघुवित्त पीडितहरुको साथ पाउने आशमा आन्दोलनमा उत्रिएका व्यवसायी दुर्गा प्रसाईका बडीगार्ड आधुनिक हतियारसहित पक्राउ परेका छन् । प्रसाईका बडीगार्ड दीपक खड्कालाई प्रहरीले सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ गरेको हो ।

झापा बुद्धशान्ति गाउँपालिका– ३ का खड्कालाई अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्। उनलाई अदालतमा सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बतायएको छ ।  खड्कासँगै अर्का बडीगार्ड रामकुमार धिमाल पनि पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।