भोजपुर । भोजपुरको आगलागीमा परी एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी तीन जना बालबालिकाको ज्यान गएको हो ।

आगलागीमा परी पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले बताए । पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।