रौतहट । रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका वडा नं. ९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि आज दिउँसो गोली प्रहार भएको हो ।
गोली लागेर साह घाइते भएको छ । घाइते साहलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले बताइन् । गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंह रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











