दाङ । आज शेर्पा समुदायले मनाउने साँस्कृतिक पर्व ग्याल्पो ल्होसार । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रुपमा यो समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
यो पर्व भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । पहिले हिमालका १२ जिल्लामा मनाइने यो पर्व ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
