दाङ । दाङको घोराहीमा भएकाे तेस्राे खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेकाे छ । आज शुक्रबार भएकाे फाइनल खेलमा राप्ती गाउँपालिकाकाे टाेलीलाई पराजित गर्दै शान्तिनगर गाउँपालिकाकाे टाेली विजेता भएकाे हाे ।
फाइनल खेलमा पहिलाे खेलमा सफलता हात पारेकाे शान्तिनगरकाे टाेलीले दाेस्राे खेलमा भने हात पार्न सकेन । दाेस्राे खेलमा राप्ती गाउँपालिकाले जित्याे । त्यसपछिका दुई खेलमा लगातार जित गर्दै शान्तिनगरले प्रथम उपाधि हात पार्न सफल भएकाे हाे । फाइनल खेलकाे अन्तिम खेलमा शान्तिनगरले राप्तीलाई २५-१८ मा पराजित गरेकाे थियाे । याे सँगै शान्तिनगर गाउँपालिकाले प्रथम पुरस्कार दुई लाख ५० हजार नगदसहित शिल्ड जितेकाे छ ।
त्यसैगरी उपविजेता राप्ती गाउँपालिकाले नगद एक लाख २५ हजार नगदसहित शिल्ड, तृतीय पुरस्कार घाेराही उपमहानगरपालिकाले ५० हजारसहित शिल्ड र सान्ताेना पुरस्कार २० हजारसहित वंगलाचुली गाउँपालिकाले जितेकाे छ ।
खेल समापनमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल, काग्रेस दाङका सभापति शंकर डाँगी, जिल्ला समन्वय समितिका सभापति नित्यान्द शर्मालगायत अतिथिहरूले खेलाडी तथा खेलाडीकाे टिमलाई पुरस्कार, शिल्ड, मेडल र प्रमानपत्र हस्तान्तरण गरेका थिए । जिल्ला समन्वय समितिकाे खुल्ला मञ्चमा फागुन २० गतेदेखि शुरू भएकाे उक्त खेलमा जिल्लाका नाै वटा पालिकाकाे सहभागिता थियाे ।