दाङ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ घोराहीमा शुरु भएको छ ।

सोमबारदेखि घोराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा शुरु भएको खेलको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संयुक्त रुपमा गरे ।

संघका अध्यक्ष प्रदिप मज्गैयाँको अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले लगानी गर्दै आएको बताए ।