दाङ । सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि आजदेखि घोराही–तुलसीपुर सडकखण्डमा टाइमकार्ड गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सरोकारवालाको बैठकले टाइमकार्ड लागु गर्ने निर्णय गरेसँगै सोमवारदेखि सो सडकखण्डमा टाइमकार्ड लागु भएको हो ।

घोराही–तुलसीपुर सडकखण्डको दुई चरणमा गरेर ७० मिनेट निर्धारण गरिएको छ । जसमा घोराही तुलसीपुर सडकखण्डको घोराही–नारायणपुर ३० मिनेट र नारायणपुर–तुलसीपुर ४० मिनेट समय निर्धारण गरिएको । प्रतिकिलोमिटर औसत तीन मिनेट समय निर्धारण गरेर टाइमकार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख किरणप्रकाश मल्लले बताए ।

टाइमकार्ड लागु भए नभएको निरीक्षण घोराही, तुलसीपुर र नारायणपुरमा ट्राफिक प्रहरी चेकजाँच गर्ने छ । टाइमकार्डमा तोकिएको समयको मापदण्ड पालना नगर्ने सवारी साधनलाई लापरवाहीअन्तर्गत शुरुमा ५००, दोस्रो पटक १००० र १५०० को दरमा जरिवाना गरने बताइएको छ । टाइमकार्ड बस, ट्क र टिप्परमा लागु हुनेछ ।