दाङ । आजदेखि दाङसहित ७५ वटै जिल्लामा दादुरा रुवेला खोप अभियान शुरु भएको छ । नेपालबाट सन् २०२६ सम्म दादुरा रुवेला रोग निवारण गर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।

यो अभियान अन्तर्गत दाङमा करिव एक लाख ७१ हजार बढी बालबालिकालाई खोप लगाइदैछ । जिल्लामा आज प्रावि बालमन्दिरबाट खोप अभियानको शरु गरिने जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लामा पहिलो चरणमा घोराही उपमहानगरपालिकाललगायत यस क्षेत्रका पालिकाहरुमा र दोस्रो चरणमा तुलसीपुर उपमहानगरपालिकालगायत पश्चिम क्षेत्रका पालिकाहरुमा अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय दाङका खोप फोकलपर्सन किशोर आचार्यले जानकारी दिएका छन् । अभियानमा विद्यालयदेखि अन्य क्षेत्रमा खोप केन्द्र स्थापना गरिएको छ । यो अभियानमा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेला खोप लगाइने छ ।