बेइजिङ–१४ जना नेपाली युवा चिनियाँ प्रहरीको नजरबन्द ‘डिटेन्सन’मा रहेका छन् । दलालको भरमा चीन काम गर्न भनेर विभिन्न समयमा आएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन् ।
पीडितले पत्रकार बताउने सीताराम पराजुली र जम्प टु अब नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलार्य चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए ।
उनीहरुको निवेदनपछि दूतावासले स्थानीय प्रहरी समक्ष नेपाली युवालाई उद्धार गर्न अनुरोध गरेको थियो । बेइजिङको अध्यागमन कार्यालयमा ८ जना युवाहरु नजरबन्दमा छन् भने सान्तोङ प्रान्तमा दुई जना रहेका छन् ।
चीनको दक्षिणपूर्व हङकङ नजिकै रहेको सेन्जेनमा चारजना युवा प्रहरीको नजरबन्दमा रहेका छन् । चिनियाँ कानुनअनुसार भिसा सकिएर अबैध भएका विदेशीले दैनिक पाँच सय चिनियाँ युआन जरिवान तिर्नुपर्छ । आजको कान्तिपुर दैनिक लाई उद्दृत गर्दै रातो पाटीमा खबर छ ।