तुलसीपुर ,असार । बन समुहमा हुने आर्थिक अपारदर्शीता , वन अतिक्रमण तथा चोरी निकासी हुदा समुदायमा विवाद उत्पन्न हुन सक्ने भन्दै उपभोक्ताहरु सचेत हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुको भनाई छ ।
ब्याकवार्ड सोसाइटी एजुकेसन बेश कार्यालय तुलसीपुरको आयोजनामा आज तुलसीपुर १६ वनहरीमा सम्पन्न भएको समावेशी श्रोत व्यवस्थापन पहलकदमी गाविस स्तरिय सरोकारवालाहरुको वैठकमा सहभागीहरुले यस्तो बताएका थिए ।
स्थानिय वन समुदायमा उत्पन्न हुने विवाद तथा द्धन्द्धलाई न्युनिकरण गर्ने उद्देश्यले वेश कार्यालय तुलसीपुरको आयोजना तथा यु.एस.ए.आईडिको आर्थिक सहयोग र मेर्सी क्रोप्सको प्राविधिक सहयोगमा विगत तिन वर्ष देखी उक्त कार्यक्रम सन्चालन गरीएको वेश कार्यालयका जिल्ला कार्यक्रम संयोजक शान्ता चौधरीले बताउनु भएको छ ।
वैठकमा कार्यक्रमको वारे जानकारी दिदै उहाले दाङ जिल्लाको पाँच वटा वन समुहमा सवैभन्दा वढि विवाद उत्पन्न भएको भन्दै विवादलाई साम्य पार्नका लागी तिन वर्षे कार्यक्रम सन्चालन गरीएको बताउनु भएको छ । कार्यक्रमको अवधि२०७१ देखी ०७३ सम्म रहेकाले यहि साउन १५ गते कार्यक्रमको अवधी पुरा हुने बेश कार्यालयका नोखीराम डिसीले बताउनु भएको छ ।
बन समुहका उपभोक्ताहरुलाई वन समुहमा हुने आर्थिक अपारदर्शीता,बुझवोधार्थ गर्न नमान्ने,बन अतिक्रमण हुने,चोरी निकासी हुने जस्ता कार्यलाई रोक्नका लागी जस्ता सचेतना कार्यक्रम र सम्वन्धित उपभोक्ताहरुको आर्यआर्जनका लागी वाख्रापालन,च्याउखेती लगाएतको कार्यक्रम सन्चालन गरेको संयोजक चौधरीले बताउनु भएको छ । वडा नं. १६ का वडा सचिव वसन्त भुसालको अध्यक्षतामा कार्यक्रम भएको हो ।।
