काठमाडौं । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेल नेपालले आज भारतसँग खेल्दैछ।

प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ।खेल नेपाली समय अनुसार पौने २ बजे हुनेछ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो।