नेपाली कांग्रेसले केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

flag-of-nepali-congressपार्टी सभापति शेरबहादुुर देउवाले आज एक विज्ञप्ति जारी गरी बाढी–पहिरोबाट मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

बेपत्ताको तत्काल खोजी गर्न, मृतक र विस्थापित हुन पुगेका पीडितको एकिन तथ्यांक सार्वजनिक गर्न तथा मृतकलाई क्षतिपूर्ति तथा विपद्मा परेका पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग पु¥याउन कांग्रेसले सरकारसमक्ष आग्रह पनि गरेको छ ।