फ्रान्समा दुई जना आक्रमणकारीले पादरीको हत्या गरेका छन् । उत्तरी फ्रान्सको एक चर्चमा पसेका दुई जना आक्रमणकारीले पादरी ज्याक ह्यामलको हत्या गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

stabआक्रमणकारीले अन्य चार जना मानिसलाई पनि बन्धक बनाएका थिए । तर प्रहरीले चर्चलाई घेराबन्दी गरी उनीहरुलाई छुटाएको थियो । दुवै आक्रमणकारी प्रहरीको कारबाहीको क्रममा मारिएका छन् । दुवै आक्रमणकारीले आफूहरुको सम्बन्ध बिद्रोही संगठन इस्लामिक स्टेट आइएससँग रहेको बताएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणकारी मध्ये एकको नाम अदिल केरमिकरहेको एएफपीले उल्लेख गरेको छ ।।