भाषा, साहित्य, संस्कृति, नाट्य संगीत र ललितकला क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै सरकारले २८ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज काठमान्डुमा एक समारोह गरी विभिन्न विधामा ४ जनालाई राष्ट्रिय प्रतिभा, १९ जनालाई क्षेत्रीय प्रतिभा र ५ जनालाई महाकवि देवकोटा पुरस्कार प्रदान गरेको हो ।

Sharsta-Samman-Photo-RSS
तस्वीर : अनलाइन खबर

२८ जना स्रष्टाहरुलाई पुरस्कारस्वरुप १८ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । पुरस्कृत सबैलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गर्नुभयो । २०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधामा प्रा. डा. कृष्णबहादुर थापा, भाषा साहित्य विधामा सरोजकुमार ओली, संगीत तथा नाट्य विधामा विष्णुभक्त फुयाल र ललितकला विधामा अनिलकुमार साहलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ । यो पुरस्कारको राशी पनि जनही एक लाख रुपैयाँ छ । यस्तै ५० हजार रुपैयाँ राशीको क्षेत्रीय प्रतिभा पुरस्कार चार वटा विधामा पाँच विकास क्षेत्रबाट १९ जनालाई प्रदान गरिएको छ । समारोहमा दलित मुक्ति आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको नाममा गत वर्ष स्थापित भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार पनि प्रदान गरिएको छ । जनही एक लाख राशीको यो पुरस्कार स्वर्गीय पदम सिंह विश्वकर्मा, पदम सुन्दास र मोदनाथ प्रश्रतिलाई प्रदान गरिएको हो ।