काठमाडौं । फागुन दोस्रो सातादेखि सरकारले देशभरि दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो। भारतसँग सीमा जोडिएका दादुरा–रूबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ ।
सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए।
