काठमाडौं । १९ सिटका लागि आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनको मतदानमा दल संवद्ध प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुख उपप्रमुखहरूको उत्साह थियो । उनीहरुले आ-आफ्ना उम्मेदवारहरुलाई मतदान गरे ।
तर स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले भने कसैलाई भोट दिएनन्।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मतदान गर्न बागमती गएनन् ।
त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि मतदान गर्न गएनन्। भने धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि मतदानमा गएनन् । उनी तीनै जना कार्यव्यस्तताका कारण मतदानमा सहभागी नभएको उनीहरुका सचिवालयले जनाएका छन् । निर्वाचन आयोगले सबै प्रदेशमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान गर्ने समय तोकेको थियो ।











