काठमाडौँ । माओवादीका पूर्वलडाकू कमाण्डर जीतमान पुन (मार्शल) चरेश ओसारपसार गरेको आरोपमा पक्राउ परेका छन् । उनी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुन् ।
प्रहरीले चार दिनअघि काठमाडौंबाट पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको छ । उनलाई रुकुम पूर्वबाट खटेको प्रहरीले पक्राउ गरेको हो ।
उनी भूमिगत भइसकेपछि २०५३ मा चरेश ओसारपसार गरेको आरोपमा मुद्दा चलाइएको थियो । २०७२ मा जिल्ला अदालत दाङले उनलाई २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
