जनकपुर । राष्ट्रिय सभाको आज भएको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका हुन् । एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार थिए भने जनमत पार्टीले अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।