शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी र सरकारबीच भएको सम्झौताको बिरोधमा निजी मेडिकल सञ्चालकहरुले आज ¥याली निकालेको छन् ।

Karatey-and-doctor-rally-8
तस्वीर रातोपाटी

आफुहरुको सहमतिविना गोविन्द केसीसँग सरकारले सम्झौता गरेको भन्दै गम्भीर आपत्ती जनाएको निजी मेडिकल कलेजको साझा संस्था एशोसियसन अफ प्राइभेट मेडिकल कलेजको अयोजनामा बिरोध ¥याली निकालिएको हो ।

चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउन भन्दै आमरण अनशनमा बसेका चिकित्सक गोविन्द केसीसँग सरकारले गएको सोमबार चारबुँदे सम्झौता गरेको थियो ।