इन्द्रेणी संवाददाता
दाङ २ बैशाख,
दाङको तुलसीपुर ११ अश्वारामा विपत व्यवस्थापन तथा जोखिम कार्यदल गठन गरिएको छ । विपत आउनु पूर्व त्यसकोे तयारी र जानकारी, विपत आइलागे पछि बच्ने उपाय, खोजउद्धार र क्षेति विश्लेषणका विषयमा काम गर्न कार्यदल गठन गरिएको हो ।
featureस्थानिय विपत व्यवस्थापन समितिका अध्यक्ष शेषमणी लामीछानेको अध्यक्षता एव्म प्रकृति संरक्षण मञ्च नेपालका अध्यक्ष ओपेन्द्र बस्नेतको प्रमुख आथित्यमा कार्यदल गठन गरिएको हो ।सो अबसरमा दिलाराम विसीको संयोजकत्वमा क्षेती तथा आवश्यकता विश्लेषण कार्यदल गठन गरिएको छ ।

जसको सदस्यमा तिलकबहादुर बस्नेत, सुमित्रा अधिकारी, चक्रबहादुर भण्डारी, सुशीला केसी रहनु भएको छ ।त्यस्तै करिश्मा बस्नेतको संयोजकत्वमा  प्राथामीक उपचार कार्यदल गठन गरिएको छ । यस्तै शिबहरी भण्डारीको संयोजकत्वमा खोज तथा उद्धार कार्यदल गठन गरिएको छ ।।