इन्द्रेणी संवाददाता
बैशाख २, घोराही ।
दाङको घोराहीमा भोली र पर्सी लागेको राष्ट्रिय स्तरको ‘थारु साहित्यिक मेला– २०७३’ को तयारी अन्तिम चरणमा पुगेको छ । दुई दिनसम्म चल्ने साहित्यक मेलामा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, रुपन्देही र काठमाण्डौमा बस्ने थारु साहित्यकारहरुको जमघट रहने छ ।
mela1मेलामा हालसम्म थारु भाषाको प्रकाशनमा आएको विभिन्न पत्रपत्रिका, किताबको वृहत प्रदशनी तथा विक्रिवितरण गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले बताउनुभयो ।‘मातृ भाषालाई माया गरौै, थारु साहित्यक वृहत बहसमा सहभागी होऔं’ भन्ने मुल नाराका साथ हुने मेलामा विभिन्न विषयमा ७ वटा कार्यपत्र पनि प्रस्तुत हुनेछ ।

दुइदिने साहित्यक मेलाको उद्घाटन भोली नेपाल पत्रकार महासंघको हलमा उदघाटन गरिने छ । साथै भोली उद्घाटनको दिन थारु भाषाको विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको स्टल राखिने छ । यसैगरी  पर्सी सौडियार ५, राजपुरगाउमा बृहत थारु साहित्यक छलफल गरिने छ । यसैगरि ५ नं प्रदेशको राजधानी दाङमा बनाउको लागि साहित्य माफर्त सरकारलाई दबाबको सिर्जना गरिने छ ।।