घोराही,१२ साउन । नेकपा एमाले निकट नेपाल भुमिहिन सुकुम्वासी संगठन जिल्ला कार्यसमिति दाङको पहिलो वैठक बुधवार घोराहीमा बसेको छ । संगठनका अध्यक्ष भक्तबहादुर डागीको अध्यक्षतामा बसेको वैठकले यहि भदौ पाँच गते आइतवारका दिन घोराहीमा संगठनको वृह्त भेला गर्ने निर्णय गरेको छ ।
मुक्त कमैया र सुकुम्वासीहरुलाई संगठित गर्दै उनिहरुको मुद्धालाई उठाउनका लागि संगठनले जिल्ला स्तरिय वृह्त भेलाको आयोजना गर्न लागेको संगठनका अध्यक्ष भक्तबहादुर डागीले जानकारी दिनुभएको छ । त्यस्तै बैठकले संगठनको रिक्त रहेको सदस्य पदमा गिता केसी र देवासेन ठकुरीलाई मनोनित गरेको छ ।
बैठकमा नेकपा एमाले वैकल्पीक केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज मेटमणि चौधरी,संगठनका पूर्व अध्यक्ष लक्ष्मण आचार्य,सगठन विभाग प्रमुख हिराचन्द्र केसी,जिल्ला कमिटि सदस्य शुरामणि बेलवासे,क्षेत्र न १का इन्चार्ज कुलबहादुर केसी,घोराही नगर कमिटिका उपसचिव कैलाश रोकामगर,दाङ उद्योग बाणिज्य संघका सदस्य अनिल आचार्य लगायतले बोल्नुभएको थियो । उपाध्यक्ष भिमबहादुर सार्कीको स्वागत मन्तव्यवाट सुरुभएको वैठकको सञ्चालन सचिव हरिकला बाठा मगरले गर्नुभएको थियो ।
