
काठमाडौं । एक युवतीमाथि जबरजस्ती करणी मुद्दामा दोषी ठहर क्रिकेट खेलाडी सन्दीप लामिछानेको सजाय बुधबार तोकिँदै छ। पुस १३ गते अदालतबाट दोषी ठहर भएका उनको सजाय तय गर्न बुधबार पेशी तोकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले पुस १३ गते उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको ‘नाजुक आर्थिक अवस्था’को फाइदा उठाएर जबरजस्ती करणी गरेको फैसला अदालतले सुनाएको थियो।
अदालतले पीडित किशोरी ‘गौशाला २६’ बालिग भएपनि जबरजस्ती करणी भएको ठहर गरेको थियो। लामिछाने ६ देखि १० वर्ष जेल जानसक्ने सम्भावना छ। १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था पनि रहेको छ।










