विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले कोइरालालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले कोइरालालाई आइतबार मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए ।











