काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि १९ सिटमा सत्ता गठबन्धनमा सिट बाँटफाँट टुङ्गो लागे लगतै नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको ६ सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको हो ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। जसका लागि भोलि उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ।