काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट टुङिग्एको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।
बैठकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा माओवादी केन्द्र, दुई वटा नेकपा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले लिने टुङ्गो लागेको बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘‘राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बिचमा संयुक्त रुपले उम्मेदवारी दिने विषय टुङ्गो लागाएको हो । सिट बाँडफाँट अनुसार कांग्रेसले, माओवादी केन्द्र, एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी नेपालले उम्मेदवारी दिने छन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ ।
