भक्तपुर १२ असार । बिद्यालयमा शिक्षक अभावको समस्या समाधान गर्न सरकारले भर्चुअल कक्षाको अवधारणा ल्याएको छ । त्यसका लागि सरकारले एक सय वटा सामुदायिक विद्यालयहरु छनौट गरी सकेको छ । शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार स्मार्ट बोर्ड प्रविधि मार्फत भर्चुअल कक्षा सञ्चालन गर्ने तयारी थालेका विद्यालयहरु भूकम्पबाट प्रभावित जिल्लाहरुका हुन् ।

panikaकेन्द्रका उपनिर्देशक शिवकुरमार सापकोटाले उक्त प्रविधिबाट पठनपाठन गराउने अवधारणाका लागि ११ वटा जिल्लामा काम भइरहेको बताए । ‘साउन मसान्त भित्रमा कक्षा सञ्चालन हुने गरी विद्यालयहरुमा दु्रतगतिमा काम भइरहेको छ ।’ सापकोटाले भने ।

भूकम्प प्रभावित जिल्लाहरु मध्ये यो वर्ष काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, सिन्धुली, दोलखा, रसुवा र ओखलढुंगामा सो प्रविधिबाट पठनपाठन गर्न लागिएको हो ।