इन्द्रेणी संवाददाता

तलब नापाएपछी रौतहटका शिक्षक–कर्मचारीले नगरपालिकामा धर्ना  गरेका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारीले समयमै तलब नापाएपछी तलबको माग गर्दै बुधबारदेखि धर्नामा बसेका हुन् ।

नगरपालिकाका जनप्रतिनिधिबिच आपसी विवादहुँदा शिक्षक-कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन् । तलब भुक्तानीको माग गर्दै नगरक्षेत्र अन्तर्गतका प्रत्येक माविबाट ३ जना, निमाविबाट २ जना, प्राविबाट १ जना गरी पालैपालो धर्ना सुरु गरेका हुन् ।