काठमाडौं । नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यास लिएकी छिन् ।

कोशी प्रदेशलाई हराउँदै आफू आबद्ध सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्न्यास लिएकी हुन् ।

ज्योति पाण्डेले १७ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ सय १० रन बनाएकी छिन् । उनले सन् २०१६ मा कतारसँगको खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् ।