दाङको तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको यात्रु बहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नं. को बसको ठक्करबाट जनकल्याण मावि दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका छन्। प्रहरीले मृतक बालकको शव उठाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।
