दाङ । दाङमा बसको ठक्करबाट एक स्कुले बालकको ज्यान गएको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर १८ दुधरासमा बसको ठक्करबाट स्कुले बालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा तुलसीपुर १८ स्थित जनकल्याण माध्यमिक विद्यालयका सागर चौधरी रहेको प्रहरीले जनाएको छ ।
तुलसीपुर १७ झिङगैका चौधरीलाई भे १ ख ३६९७ नम्बरको बसले चार बजेतिर ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोख्रेलले बताए। घटनापछि त्यहाँको स्थिति तनावपूर्ण भएको छ । बालकका आफन्तले सडक अवरुद्ध गरेका छन् भने बसमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।
