दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले आज बिहिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं घोराही उपमहानगरपालिकाका शिक्षा समिति संयोजक, प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष राममणी पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले शिक्षा क्षेत्रको बिकासका लागि देशको सवै क्षेत्रको बिकासका लागि समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी रहेको बताए । राज्य सञ्चालकहरुको उदासिनका कारण देशको शिक्षाको बिकास प्राथमिकतामा नपरेको गुनासो गर्दै उनले देशको बिकासका लागि अव नयाँ शिक्षा ऐन कार्यान्वयनको बिकल्प नभएको बताए ।