काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । दिउँसो ३ बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रचण्ड गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।