जाजरकोट । चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हो । ज्यान गुमाउने महिला मनसरी कामी १७ गतेदेखि पालमुनि बस्दै आएका थिए ।
चिसो बढेसँगै बिरामी परेकी उनको आज बिहान ज्यान गएको छिमेकी जनक बहादुर खत्रीले बताए । यो सँगै चिसोका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
जाजरकोटका वारेकोट, कुशे र छेडागाड, भेरीका ५३ जनाभन्दा बढी चिसोका कारण बिरामी परेको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाहरुको तथ्याँक छ ।











