राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।
उनी युरोप भ्रमण स्थगित गरेर भूकम्पप्रभावित जान लागेका हुन्। यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो। मुलकुमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्।
जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन्।











