काठमाडौं । जाजरकोट भूकम्पमा ठूलो जनधनको क्षति भएको र यस्तो बेला विदेश जानु उपयुक्त नभएको निश्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले यूरोप भ्रमण स्थगित गरेका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले अन्तिम निर्णयका लागि अहिले बैठक बस्न लागेको बताइन्। राष्ट्रपति कात्तिक २२ गते फ्रान्स जाने निर्णय भएको थियो । त्यसपछि राष्ट्रपति पौडेल उतैबाट जर्मनी र इटालीको पनि भ्रमणमा जाने कार्यक्रम थियो।
