इन्द्रेणी संवाददाता
कात्तिक,१६ काठमाडौं । मानिस हत्या जस्तो जघन्य अपराधमा संलग्न रिगल ढकालले पाएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
नेपालगंजका चेतन मानन्धरलाई व्यस्त बजारमा दिनदहाडै खुडा प्रहार गरि हत्या गरेका योगराज ढकाल रिगललाई संविधान दिवसका दिन कैद मिनाहा गर्ने निर्णय गर्दै राष्ट्रपति द्वारा जेल मुक्त गरिएको थियो ।
ढकाललाई जेल मुक्त गरेपछि उक्त निर्णयको विरुध्द चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा मुद्दा दिएकी थिइन ।
उक्त मुद्दाको न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
उक्त आदेश संगसंगै अपराध कार्यमा संलग्न ढकाललाई तत्काल पक्राउ गर्न समेत आदेश भएको श्रोतले बताएको छ ।
