गोविन्द खड्का
घोराही, ११ साउन  । अहिले सम्म १५ लाख ७८ हजार दश रुपैया“ खर्च भएको अम्बिकेश्वरी कृषक समुह घोराही ११ ले जानकारी दिएको छ । मंगलबार घोराहीमा सार्वजनिक सुनुवाई गर्दै समुहले चालिस प्रतिशत समुहले र साठि प्रतिशत रिजमले लगानी गरेको बताएको छ । जस अनुसार रिजमले नौ लाख २० हजार आठ सय ६४ रुपैया दिएको छ । त्यसमा समुहले छ लाख ५४ हजार सात सय ८६ लगानी गरेको छ ।

khetiयस बाट समुहले एक सय ३६ घार माहुरी पालन पालन शुरु गरेको छ । समुहका अध्यक्ष पुनम सुनारको अध्यक्षता र नागरीक समाजका सचिव चन्द्रराज पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकारहरु हरी प्रसाद रिजाल, पञ्चाराम नेपालीले , दाङ उद्योग वाणिज्य संघका सदस्य श्रीधर पोख्रेल, एसिई का श्रीराम चौधरी, कृषि प्राविधिक मुकुन्द देवकोटाको, नेपाली कांग्रेशका घोराही ६ ईकाई सभापति मधुसुदन अधिकारी, समुहका देवा सुवेदि लगाएतले मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत सदस्य देवकला पाण्डेयले र सहजिकरण सदस्य अम्विका गौतमले गर्नुभएको थियो ।