लिलाधर वली

घोराही, ८ साउन । राप्तीका पाँच जिल्लामा वितेको एक वर्षको अवधिमा करिव साढे तीन सय मानिस हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिकाहरु रहेका छन् । अञ्चल प्रहरी कार्यालय तुलसीपुरका अनुसार वितेको आर्थिक वर्षमा दाङ सहित राप्तीका पाँच जिल्लाहरुवाट तीन सय ७८ जना महिला तथा बालबालिकाहरु हराएको तथ्याङ्क प्रहरीसँग रहेको छ । जसमा दुई सय ५५ महिला, ६४ बालक र ५९ बालिकाहरु रहेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

bepatta-nagarikयररी हराउने महिला तथा बालबालिकाहरुको संख्या धेरै देखिएको छ । दाङवाट एक सय ४४ महिला, ३४ बालक र ३१ बालिकाहरु रहेका छन । त्यस्तै सल्यानमा २८, प्युठानमा ४१, रोल्पामा ३७ र रुकुममा ६३ महिला तथा बालबालिकाहरु हराएको तथ्याङ्क रहेको कार्यालयले जनाएको छ । हराएका महिला तथा बालबालिकाहरु मध्य जम्मा ३७ जना मात्र महिला तथा बालबालिकाहरु भेटिएको तथ्याङ्क प्रहरीसँग रहेको छ ।

यसरी भेटिएका मध्य महिला २०, बालक १६ र बालिकाहरु ११ जना रहेको प्रहरी नायव निरिक्षक कार्कीले जानकारी दिनुभएको छ । त्यस्तै आर्थिक वर्ष २०७१ /७२ मा चार सय १४ महिला तथा बालबालिकाहरु यस अञ्चलबाट हराएका थिए । जसमा महिला दुई सय ६७ ,बालक ७५ र बालिका ७२ जना रहेका छन । जसमा दाङवाट एक सय ३८ जना, सल्यानवाट ६३, प्युठानवाट ४१, रोल्पावाट ६१ र रुकुमवाट एक सय ११ जना महिला तथा बालबालिकाहरु रहेका छन ।

हराएकाहरुमध्य भेटिएको भन्ने जानकारी प्रहरीकोमा कम मात्रै आउने गरेको छ । हराएकाहरु भेटिएको भएपनि जानकारी आउने गरेको छैन । कार्कीको भनाई छ । आर्थिक वर्ष २०७१/०७२ मा हराएका चार सय १४ महिला तथा बालबालिकाहरु मध्य एक सय छ जना मात्र भेटिएका थिए । जसमा ३४ महिला, ४० बालक र ३२ जना बालिकाहरु रहेको तथ्याङक प्रहरीसँग रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७०/०७१ मा पाँच सय ५५ महिला तथा बालिकाहरु राप्तीवाट हराएका थिए । जस्मा तीन सय २८ महिला, एक सय २९ बालक र ९८ जना बालिकाहरु रहेका छन । जसमा दाङवाट सवैभन्दा धेरै तीन सय २४ जना रहेका थिए । रुकुमवाट ९३, रोल्पावाट ३५, सल्यान ५० र प्युठानवाट ३३ जना महिला तथा बालबालिकाहरु हराएको अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

हराएका पाँच सय ५५ महिला तथा बालबालिकाहरु मध्य एक सय ३८ मात्र भेटिएका थिए । भेटिनेमा ६५ महिला, ३८ बालक र २३ बालिकाहरु रहेका थिए । हराउने बालबालिकहरुभन्दा महिलाहरुको सङ्ख्या धेरै रहने गरेको प्रहरीले बताएको छ । घरमा झैझगडा  हुने, कमजोर आर्थिक अवस्था हुने, रोजगारी प्रलोभनसँगै गाउँलेको देखासिकीका कारण बालबालिकाहरु घरवाट भाग्ने गरेका छन भने महिलाहरु घरेलु हिंसा, माया प्रेम, कमजोर आर्थिक अवस्थाका साथै कतिपय महिलाहरु घरको आर्थिक अवस्था विगारेर घर छाड्ने गरेको प्रहरीको भनाई रहेको छ ।

हराएका महिला तथा बालबालिकाहरुको सङ्ख्या अलि बढ्ने भएपनि हराउदा प्रहरीलाई खवर गर्ने तर भेटिएपछि प्रहरीलाई खवर नगर्ने मानिसहरुको स्वभावका कारण भेटिएको सङ्ख्या न्यून देखिएको अञ्चल प्रहरी कार्यालयले जानकारी दिएको छ । घरवाट आफु खुशी हिड्ने तथा कोही बजार जान्छु भनेर घरवाट सम्पर्क विहिन हुने गरेको प्रहरीले जनाएको छ ।