इन्द्रेणी संवाददाता
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यअवस्था सामान्य बन्दै गएको छ ।
जनवादी गणतन्त्र चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन् ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनको सचिवालयले बताएको छ ।
