इन्द्रेणी संवाददाता 

प्युठान ११ साउन । प्युठानमा बाढी पहिरोका कारण १४ जनाको ज्यान गएको छ । २४ जना बेपत्ता भएका छन् । जिल्लाको लुङ–६, बाहानेमा बजारमा घर भत्किँदा स्थानीय शोभा रिजालको पुरिएर ज्यान गएको छ । बाहानेमाकै धोज बहादुर पुनको घर पहिरोमा पुरिँदा डेरा गरि बस्ने अन्दाजी २५ वर्षकी काली परियारको ज्यान गएको छ । बाहाने बजारमै ११ वर्षका प्रेम थापा, ४० वर्षकी रन्जना केसी र १२ वर्षका शुशीला केसीको घटनास्थलमै पुरीएर ज्यान गएको छ ।

13664678_579966625524602_1992207295_nघरमा सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा पुजा–१ मा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा रजवाराका निवासी सुपारी मल्ल र मुकेश मल्ल हुन् । खवाङ गाविसमा पनि ३ जना पहिरोमा पुरीएका छन् । २ जनाको शव निकालिएको छ भने एकजना अझै बेपत्ता छन् ।यस्तै अर्खा गाविसमा पहिरोले घर गोठ बगाउँदा ८ जना हराएका छन् । ८ जना बेपत्ता रहेको स्थानीय मित्र बहादुर थापाले जानकारी दिनुभये । झिमरुक नदीले बगाएर ल्याएका ५ वटा शव भेटिएको छ । घटनाको विवरण संकलन, क्षतिको एकिन तथ्यांक संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।