विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । जम्मा ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले मत दिएका छन् ।

कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षमा मत दिएको छ ।

गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिएका हुन् ।