जोमसोम । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) मुस्ताङ पुगेका छन्। उनी आज बिहान ७ बजेर ४५ मिनेटमा जोमसोम विमानस्थल पुगेका हुन्।
प्रधानमन्त्रीले नेपाली सेनाको हेलीमार्फत उपल्लो मुस्ताङको हवाई अवलोकन गर्ने कार्यक्रम रहेको छ। उनले जोमसोममा जलवायु सम्बन्धी अन्तरक्रिया र संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनका साथमा संघीय वन तथा वातावरणमन्त्री डा उपेन्द्र महतो पनि छन्।