काठमाडौं । इजरायलबाट बिहीबार दुई सय ५३ नेपाली विद्यार्थीको उद्धार गरिएको छ ।

प्यालेस्टाइनी हमास समूहले गाजा क्षेत्रमा आक्रमण गरेपछि अशान्त गाजा क्षेत्रका विभिन्न १६ स्थानबाट नेपाल वायुसेवा निगमको आरए २३० उडानबाट उनीहरुलाई स्वदेश फर्काइएको हो । जसमा दुईजना हमासको आक्रमणबाट घाइते भएका पनि छन् ।

करिब तीन सय नेपालीले स्वदेश फर्किने चाहना राखेर नेपाली दूतावासलाई विवरण टिपाएका छन् । आउन चाहानेहरुलाई सरकारकै खर्चमा नियमिति उडानमार्फत स्वदेश फर्काइने बताइएको छ ।