दाङ ११ साउन । लगातारको बर्षा संगै दाङका खोता तथा नदिहरुमा बाढी आएपछि सम्भाबित जोखिम क्षेत्रमा सुरक्षाकर्मी खटाईएको छ । दाङका राप्ती, बबई नदि र अन्य खोलाहरु प्रभाबित क्षेत्रहरुमा सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

nepalisenaतिन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई बाढीले असर गर्न सक्ने सम्भाबित क्षेत्रमा खटाईएको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिनुभयो । राप्ती नदिले प्रभाब पार्ने क्षेत्र लालमटिया देखी सतबरीया सम्म नदि आसपासका जोखिम क्षेत्रहरुमा नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीलाई परिचालन गरिएको छ । पशु चौपायाहरुलाई फुकाईदिने र सुरक्षित ठाउँ तिर राख्ने र मानबिय क्षतिलाई रोक्न पनि उच्च सतर्कता अपनाएको प्रजिअ काफ्लेले बताउनुभयो ।

यसै बिच प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु देउखुरी जाने तयारीमा छन् । डुरुवा, फुलबारी, गोल्टाकुरी, पन्चकुले, पुरन्धारा, धनौरी सहितका गाबिहरुमा पनि उच्च सतर्कता अपनाएको उहाँले जानकारी दिनुभयो । यस्तै तुलसीपुर घोराही र घोराही , लमही सडक खण्डमा पर्ने पानी मुनिका सडकहरुमा पानीको बहाब बढी भएपछि गाडिहरु आवत जावत गर्न सकिरहेका छैन्न । सबै खोलाहरुमा पनि सम्भाबित दुर्घटनालाई रोक्न प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ ।