गोविन्द खड्का
घोराही, ११ साउन
धुक्चुक धुक्चुक हु“दै घोराही नगरपालिकाले घोराही तिन को आरोग्य टोलमा तिन बर्ष अघि ड्याम बा“ध्यो । मान्छेले पानी थुनेर ठुलै ताल बनाउन सक्छ भन्ने नगरपालिकालाई दुबिधा थियो ।त्यहा“ बर्षात सगै पानी संलिन थाल्यो । नगरपालिकामा हर्ष बढायो । पहिलो पाईला सफल टेकेपछि नगरपालिका अरु कदम सोच्यो । तर चारैतिर बाट खाल्टोमा खस्ने पानीको चापले केहि दिनमै ताल फुटाल्यो । दुई विघाह ३ कामा फौलिएको तालले निरासातिर डो¥यायो । तर थकाएन ।
‘एउटा चिरा परेर बगेको थियो’ उसबेलाको कष्ट विर्सीएका घोराही नगरपालिकाका प्राविधिक बिर बहादुर वलीले तालमा आ“खा डुलाउदै भन्नुभयो ‘कमै खर्चमा मरमत गर्न सकियो ।’ यसो त खोस्लो थुनेपछि अनुमान गरे भन्दा पर सम्म ताल फैलियो । वारी पारीका खुरिल्ला ढिकहरुमा हरीयालीले ढाक्न थाल्यो । रमाउनका लागि मान्छे घुम्न थाले । आन्तरीक पर्यटकिय स्थल बन्यो ।
अहिले ढुलो जलाशयको पुर्वि ढिकमा हराउने जस्तो आरोग्य जंगल बनेको छ । भित्र पस्न हिम्मत नआउने खालको वन छ । त्यस क्षेत्रका कुवाहरु बाहैै्र महिना नसुक्ने भएका छन् । खेत लाउन आकाश हेर्नुपर्दैन । किसानहरु पात्रो हेरेर बिउ राख्न र खेत रोप्न सक्छन् । खडेरीमा ताल बाट मोटरले पानी तानेका छन् ।
अझ रमाईलो लाखौको माछा उत्पादन शुरु भएको छ । ‘साठि समितिले चालीस नगरपालिकाले फाईदा बा“ड्छन्’ प्राविधिक वलीले सफलताको अनुभव सुनाउदै भन्नुभयो, ‘हिउद बर्षा नसुक्ने ताल भए व्यहिसाव फाईदा लिन सकिदो रहेछ ।’यतिबेला ५० विघाह खेतले सिंचत हुने गरेको छ । त्यहा“का ५२ घरधुरीले आयआर्जन बाट जिवन बदलेका छन् । व्यमौसमी खेति तालको बरदान भएको छ । तिन बर्ष देखि तालले आकार लिदै गएको छ । त्यहि तालले नगरपालिकालाई पढाईरहेको छ । अहिले ६ वटा कृत्रिम तालमा बिकास गरेको छ ।
आरोग्यमा २० लाख मात्रै लगानी भएको नगरपालिको भनाई छ ।
यस बर्ष तिन वटा ताल बनाएको छ । घोराही ९ बाहुन डा“डा गकटिया खोलाको बा“ध उत्तम मानिएको छ । त्यहा“ करीब तिन विघाह क्षेत्रमा अहिले पानी फैलिएको अनुमान गरीएको छ । जरुवा समेत रहेको त्यो क्षेत्रमा सदावहार पानी रहने स्थानियले बताए । तालको ढिकमा टुलु टुलु हेरेर रमाईरहेका स्थानिय महिला उषा चौधरीले हा“स्दै भन्नुभयो ‘तरकारी खेति हुन्छ भन्छन् कस्तो हुने हो ?’ त्यो सालघारीको रुखो पाखोमा त्यत्रो पानी संकलनहुनुलाई उनिहरुले कल्पना पनि गरेका थिएनन् । मोटर बाट पानी तानेर सिंचाई हुन्छ भन्ने अहिले पनि पत्याएका छैनन् ।
अहिले आनन्द लिनेहरु केहि पौडिवाज मात्रै छन् । डुब्नै लागेको पिपलका फेद सम्म पुग्ने र फर्किएर डिलमा आउने खेल हुन्छ । यद्यपी कोहि डुबि मर्नेहो कि भन्ने चिन्ता रहेको ताल नजिक उभिएकि कुमारी थापाले बताउनुभयो । ‘दुई तिन मान्छे डुब्ने गहिरो बन्याछ’ संङलो जलाशय तिर औल्याउदै भन्नुभयो, ‘ कुवा भरिन्छ अब भन्छन् । अहिलेको मुहान डुबाई दियो कुवा कहिले आउने होला ?’ यसो त तालको उपलब्धी स्थानियका लागि पनि कहि नसकनिु छ । बाहिर बाट जानेहरुका लागि अमुल्य सम्पती बनेको छ । आस पासका बुझ्नेहरुलाई धनको खाल्टो भरिदै छ ।
जलवायु अनुकुलनका कार्यक्रमले पहिलो शर्त पानी सुक्दै गएको प्रतिकुल अबस्थालाई बनाएको छ । श्रोत अनुकुलको पानी उपयोग गर्नु जलवायू अनुकुलन हो । सबैतिरका कुवाहरुमा लगानी चौपट हुनेगरी सुक्न थालेका थिए । सार्वजनिक खुला जमिन बचाउन नसकेको नगरपालिका भनेर यदा कदा टिप्पनी हुन्थे । जोगाउन नसकेको भनि यहाका पुर्व अगुवालाई सरापीन्छ । ताल हेर्न पुगेका पत्रकारहरु नविन अभिलासी, लिलाधर वली, अमर राज आचार्य लगाएत भने दंग परेका थिए । सानो क्षेत्रलाई उपयोग गरे सुन्दर बनाउन र लाभ लिन सकिदो रहेछ ।
अब नगरपालिका जलाशय युक्त बन्ने छ । त्यसो हुनु भनेको जलावायु अनुकुलन बन्नु हो । अहिले बनेका तालहरुले दिर्घकालिन उपयोग दिन्छन् । मान्छेले युगौ लाभ दिन्छन् । घोराही नगरपालिकाका शाखा अधिकृत सुबोध रेग्मीका अनुसार नगर क्षेत्रमा आठ वटा यस्ता बहु उपयोगी ताल बनेको छन् । त्यस मध्य छ वटा ताल क्रित्रिम हुन् । यस बर्ष घोराही चारको डबरी, दुई को मघै गुलरीया, तिनको ढिकपुर र पा“चको अम्बापुरमा क्रित्रिम ताल बनेका छन् । बाह्र कुने र ज्यामिरेताल प्राकृतिक रुपमै यस क्षेत्रका गहना बनेका छन् । ‘ताल बनाउने योजना हाम्रो प्राथमिकतामा पर्छ’ शाखा अधिकृत रेग्मीले भन्नुभयो, ‘माग भई आएमा तत्काल सम्वोधन हुन्छ ।’ नगरपालिकाका अनुसार केहि वडा बाट आएका छन् । जति आउछन् तिनले प्राथमिकता पाउनेछन् । लगातार सफल हुदै गएपछि नगरपालिका हौसिएको छ ।
पा“च बर्ष भित्र कम्तीमा १५ वटा क्रित्रिम ताल बनाउने घोराही नगरपालिकाका प्रमुख कार्यकारी तुफान सिं केसीले जानकारी दिनुभयो । नगरपालिकाले हरेक बर्ष न्युनतम तिन वटा क्रित्रिम ताल बनाउने छ । ‘भोलिकोलाई पनि यो योजना रोक्न नदिनुहोला’ प्रमुख केसिले आफु केहि महिना भित्रै विदा हुन लागेको संकेत दिएर भन्नुभयो ‘यहि रफ्तारमा बनाएपछि धेरै राहत हुन्छ ।’ करीव ३८ बर्ष बढि सरकारी सेवामा विताएका प्रमुख केसी घोराहीकै स्थानिय वासिन्दा हुन् । त्यस कारण पनि सेवा पछि नगरलाई अझै राम्रो बनाउने दायीत्व छ ।
