दाङ । बिजौरी १ स्थानिय बासिन्दाहरु तीन बर्ष देखि अन्धकारमा बस्न बाध्य भएका छन् । पोल गागिएको तीन बर्ष पुग्दा पनि विधुत प्राधिकरणले तार नतान्दा अन्धकारमा बस्न बाध्य भएको स्थानिय बासिन्दाहरुले वताएका हुन । पटक पटक विधुत प्राधिकरण धाउदा समेत वेवास्था गरेको स्थानिय सरस्वति नेपालीले वताउँनुभयो ।

214218639_1_1000x700_-280-bhilwara_rev002बिजौरी १ स्थित जुरपनियाँ मैनतारा खानेपानी भवन देखि हवलदार घर हुदै गगन टोल पुग्ने सडकमा पोल गाडिएको छ । तर यसबारेमा सम्बन्धित निकायले ध्यान नदिएको नेपालीको भनाई छ । विधुत प्राधिकरण घोराही,तुलसीपुर शाखा कार्यालय विजौरीमा पुग्दा समेत ति कार्यालयहरुले स्थानिय गाउँलेहरुलाई बेवास्था गर्दे आएको उहाँको भनाई छ। स्थानिय नेताहरुलाई तार टागिदिन आग्रह गर्दे आएपनि उनिहरुले कुनै पहल नगरेको नेपालीले बताउँनुभयो ।

पोलमा तार नटाङ्दा राज्यको लाखौको सम्पति नष्ट हुने अबस्थामा पुगेको उहाँको भनाई । राज्यले प्रदान गरेको सेवा सुविधा प्रयोग गर्न नपाउँनु सर्वसाधारणका लागि अत्यन्तै दुखत पक्ष भएको नेपालीको भनाई छ । त्यसैले गाडिएका पोलमा तत्कालन तार टागेर विद्युत सुचारु गर्न सम्बन्धित निकाय संग माग गर्नुभएको छ ।