दाङ । राज्यको नीति व्यवसायमैत्री नभएकै कारण दिनप्रति दिन व्यावसायीहरू पलायन भइरहेका आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १९ औ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै नीजि क्षेत्रका अगुवाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने बक्ताहरूले राज्यको नीतिकै कारण व्यवसाय गर्ने वातावरण हुन नसक्दा व्यावसायीहरू पलायन हुने क्रम वढेको गुनासो गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले आर्थिक क्षेत्र विकराल अवस्थामा रहेको बताए । यसलाइ सबै मिलेर समाधान गर्नुपर्ने उनको भनाइ थियो । आर्थिक क्षेत्र चलायमान हुन नसक्दा समस्या भएको उनले बताए । ‘अहिले धेरै उद्योग व्यवसाय वन्द अवस्थामा रहेका छन्’ उपाध्यक्ष वैद्यले भने । अहिले ३० प्रतिशत मात्रै उद्योग व्यवसायहरु मात्रै सञ्चालनमा रहेको उनले बताए । ‘पछिल्लो समय ७० प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा छैनन’ उपाध्यक्ष वैद्यले भने ।
घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले देशमा नै केही गर्नु पर्दछ भन्ने बातावरण सृजना गराउन लाग्नु पर्ने बताए । विश्वास गर्ने वातावरण नहुदा समस्या रहेको उनको भनाइ रहेको छ । ‘अहिले विश्वास गर्ने वातावरण नहुदा विदेशीले वढदै गएका छन्’ नगरप्रमुख चौधरीले भने । युवाहरुलाइ उद्यम शिलतामा जोडन नसकिएको बताए । उद्यम शिलतामा नजोडिदा सम्म देशमा उत्पादन समेत नवढने उनको भनाइ रहेको छ । ‘देशलाइ आत्म निर्भर वनाउन उत्पादनमा जोडिनु पर्दछ ’ नगर प्रमुख चौधरीले भने ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रको समस्याका बारेमा राज्यले वुझन नसकेको बताए । कुनै उद्योगी व्यवसायीहरुको मुखमा हासो छैन्’ अध्यक्ष शर्माले भने । उद्योगी तथा व्यवसायीहरु समस्याका कारण मुखमा हासो हराएको उनको भनाइ रहेको छ ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष मधुसुदन वैद्य, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, हापुर उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम खत्री, गैराकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक सापकोटा, घोराही खानेपानी संस्थाका अध्यक्ष देवीवहादुर डि सी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल के सी लगायतले भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । साे अवसरमा अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।